अफ्रिताको कस्तो त्यो वेदनाले

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ की सेमीफाइनलिस्ट अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ ।

गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बाल कलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोमा इसाक जबेगुको छायांकन, धिरेन तुम्बापो लिम्बुको सहायक छायाकन, सञ्जु थलाङको मेकअप र हाङ चेम्जोङको निर्देशन छ । राज लिम्बु अफिसिएलमार्फत भिडियो सार्वजनिक भएको हो ।