इएफए स्टेण्डअपको एक्सन–कटमा मनीष

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’बाट अभिनयमा पाइला चालेका मनीष राउत यतिबेला स्टान्डअप शो ‘इएफए स्टान्डअप’को निर्देशनमा व्यस्त छन् । विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड डक्टर डेनिमले मनीषको शोलाई मुख्य प्रायोजन गरेको छ ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो । यो स्टान्डअप चलिरहेका शोहरु भन्दा पृथक रहेको निर्देशक राउतले बताए । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले खुलाए ।

इएफए इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनीषले बताए । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ ।

छायांकार गौरी शंकर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाको छायांकन, रोहन कुमालको सम्पादन छ । यसका निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन् ।