मायाको अस्त्रमा विक्रम, स्मारिका र रोशन

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मायाको अस्त्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन सिंहको शब्द र संगीत छ ।

भिडियोमा विक्रम बुढाथोकी, स्मारिका ढकाल र रोशन सिंहको अभिनय छ । विक्रम चौहान निर्देशित भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियो मुकेश सुवेदीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।