पल र साक्षी सोल्टा सोल्टिनी

काठमाडौ । गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र ‘भ्वाइस अफ नेपाल सिजन ३’की प्रतिष्पर्धी गायिका सुजिता योञ्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द र संगीत, फणिन्द्र राईको एरेञ्ज तथा सुमन खड्काको मिक्सिङ छ ।

भिडियोमा अभिनेता पल शाह र मोडल साक्षी लम्साल फिचर्ड छन् । भिडियोमा प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेको पनि अभिनय रहेको छ ।

निर्देशक जिवन थापा निर्देशित भिडियोमा पल र साक्षी सोल्टा र सोल्टिनी बनेका छन् । भिडियोमा जिवनकै सम्पादन र रंग संयोजन छ । दीर्घ गुरुङको छायांकन रहेको भिडियो मोक्तान डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।