गरिमा मुस्कुराउदा मख्ख सुरज

काठमाडौं । मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको गीत ‘तिमी मुस्कुराउँदा’को म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ ।

भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।

गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सिता राईको कोरियोग्राफी र मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ छ ।

चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडियोको पोष्ट प्रोडक्सनको काम गरिएका हो । शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।