हरर जनरामा द रुम ट्रेलर

काठमाडौं । सट फिल्म ‘द रुम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मिडियाकर्मीसमेत रहेका विष्णु ठकुरीको एकल अभिनय रहेको छ ।

हरर जनरामा निर्मित उक्त फिल्ममा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको छ ।

उनले फिल्मलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराइने र अनि मात्र दर्शकहरु सामु सार्वजनिक गरिने बताए । आशिष मिडिया नेट्वर्कको सहकार्यमा बनेको उक्त फिल्म बनेको हो ।