निष्ठुरी परदेशीमा गरिमाको पीडा

काठमाडौं । गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुषोत्तम सुवेदीको रहेको छ ।

गीतको भिडियोमा चिरन्जिवी सापकोटा(जीबि चिरन) र गरिमा शर्माको अभिनय रहेको छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पीडालाई भिडियोमा देखाइएको छ ।

सिर्जन बराल(ऋषि) निर्देशित भिडियोमा शिवशरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन छ । अपेक्षा गिरीको अफिसियल युट्युबबाट भिडियो सार्वजनिक गरिएको हो ।

गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिनासँग ‘माया नमार्नु नि है’ जस्ता गीत सार्वजनिक भइसकेका छन् ।