बनै गुराँस फूल्नालेमा शंकर र करिष्मा

काठमाडौं । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको गीत ‘बनै गुराँस फुल्नाले’ को भिडियो सलिना म्युजिकमार्फत सार्वजनिक भएको छ ।

गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ ।

भिडियोमा शंकर बिसी र करिष्मा ढकाल फिचर्ड छन् । दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको भिडियोमा दीपकमान सिंहको निर्देशन छ ।