काँचुलीमा विकास, कमल र इस्टु

काठमाडौं । गायक नितिन गजुरेलको स्वरमा रहेको गीत ‘काँचुली’ को भिडियो सार्वजनिक भएको छ । नीर भीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

सत्य कथामा आधारित भिडियोमा विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको त्रिकोणात्मक प्रेम र रोमान्स देख्न सकिन्छ ।

भिडियोमा र्यान कार्कीको निर्देशन, बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।