ज्ञानको गीतमा रोमान्टिक सन्तोष र जयन्ती

धरान । हङकङमा बसेर नेपाली सुगम संगीतमा सक्रिय गायक ज्ञान सुब्बाले नयाँ गीत ‘सुखमा पनि दुःखमा पनि’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा राई डी हाङखिमको शब्द, दिनेश सुब्बाको संगीत, चाँद सिंहको संगीत संयोजन र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

सन्तोष ढुंगाना र जयन्ती भित्राकोटीको अभिनय रहेको भिडियोमा सुनिल मगरको कोरियोग्राफी, गोपाल मगरको छायांकन, बालकुमार मगरको सम्पादन र बालकुमार मगर तथा मिङ्मा योञ्जनको निर्देशन छ ।