अल्लारे मनमा विकास र विपना

काठमाडौं । गायक प्रत्युष श्रेष्ठको स्वरमा रहेको गीत ‘अल्लारे मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत स्वयं श्रेष्ठकै छ । गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा विपना थापा र विकाश जोशीसँगै एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको अभिनय छ ।

जावेद खानको छायांकन रहेको भिडियोमा उज्जवल जोशीको सम्पादन र छविलाल तामाङ (शिशिर) को निर्देशन छ ।

भिडियो ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।