थाहै नपाईमा सरिता, प्रवण र बिना

काठमाडौं । गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई’को भिडियो सार्वजनिक भएको छ । भिडियो भिडियो क्राफ्ट नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

गीतमा बालन्द राईको शब्द र संगीत छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुषाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ ।

वियोगान्त भावको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।

डब्बु क्षेत्री निर्देशित भिडियोमा सुवर्णकुमार श्रेष्ठको छायांकन र सम्पादन तथा सुरेशकुमार राउतको कलर छ ।