काठमाडौं । गायक किरण भुजेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘कहिले घाम कहिले पानी’ सार्वजनिक भएको छ । गीतमा मदन घिमिरेको शब्द तथा मनोज मालेको संगीत संयोजन छ ।
मदन घिमिरेकै निर्देशन रहेको भिडियोमा शितल केसी र पुष्पा लिम्बुको अभिनय छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा रामेश्वर हुमागाईंको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन छ ।