कोलम्बसमा गुञ्जिए डिबी बराइली

काठमाडौं । अमेरिका पुगेपछि गायक तथा संगीतकार डिबी बराइली सांगीतिक गतिविधिमा उत्तिकै सक्रिय छन् । ‘द जर्नी’ नामक गिती एल्बम बजारमा ल्याएका डिबीले हालै ओहाएको कोलम्बसमा एकल साँझ गरेका छन् ।

कार्यक्रममा उनले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरेका छन् । एलबममा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम भइरहेको गायक बराइलीले बताए ।

न्याउली होम केयर एलएलसीको प्रायोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको गायक तथा संगीतकार बराइलीले बताए । भुटनीज अमेरिकन म्यूजिक एसोसियसनको सह–प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तबलाबादक प्रमोद उपाध्याय, किबोडिस्ट गणेश गजमेर, बाँसुरीबाधक राम सिंहलगायतका वाद्यवादकहरुको उपस्थिति थियो ।