नग्मासँग किरणको वर्षौपछि

काठमाडौं । गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘वर्षौ पछि’ सार्वजनिक भएको छ । अम्बर तुम्बाफे लिम्बूको शब्द र संगीत रहेको गीतमा किरण स्वयंको एरेन्ज रहेको छ । ‘द भ्वाइस अफ नेपाल ३’ को विजेता बनेपछि चर्चामा आएका किरणले यो भिडियोमा अभिनयसमेत गरेका छन् ।

सुरज तामाङको निर्देशनमा तयार भएको भिडियोमा किरणलाई नग्मा श्रेष्ठ, सुरज तामाङ र विक्रम तामाङले अभिनयमा साथ दिएका छन् ।

भिडियोमा विशाल थापाको छायांकन र सनम मगरको सम्पादन छ ।