दाङमा मन्द्रा प्रशिक्षण

काठमाडौं । लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल मन्द्रा प्रशिक्षण दाङको घोराहीस्थित गुलरीयामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रम औपचारिक रुपमा घराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय ब्यावस्थापनमा संचालित उक्त कार्यक्रम बैशाख १ गते समापन हुनेछ । विभिन्न जिल्लाका २२ जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिष्ठ ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनेछन् ।

उद्घाटन समारोहमा प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक कुमार राईको सभापतित्व र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आथित्यतामा राधाकृष्ण सामुहिक अध्यन केन्द्र दाङको हलमा भएको थियो ।