काठमाडौं । गायिका टिका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ सार्वजनिक भएको छ । टिकाकै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनको एरेञ्ज छ ।
स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा मनोज साङसन र सुरेश राई रेकर्डिष्ट छन् । गीतमा राजु कार्कीको मिक्सिङ र मास्टरिङ छ । गजलको भिडियोमा टिका प्रसाई फिचर्ड छिन् ।
टिकाका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी लुकी’लगायतका गीत लोकप्रिय छन् ।