दाङमा मन्ड्रा प्रशिक्षणको समापन

दाङ । लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल(मन्ड्रा)दाङ घोराही उपमहानगरपालिका गुलरीयामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रम बिहीबार औपचारिक रुपमा समापन भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङ २ को स्थानीय व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रम चैत २२ बाट सुरु भएको थियोे ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८ जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक ज्ञानको तालिम दिएका थिए ।

समापन समारोह प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक राईको सभापतित्व तथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममा सिकेका त्रसान, सखियापैया, ठरपैया, मघौटाका विभिन्न तालहरु स्वरलिपी हेरेर मादल बादन गरेका थिए ।

प्रमुख अतिथी प्रेमनाथ अधिकारी, थारु कल्याणकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरी,प्राज्ञ डा.गोबिन्द आचार्य,प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन, दाङ उध्योग बाणिज्य संघका उपाध्यक्ष अनिल आचार्य लगायत स्थानीय समाजसेवीहरुले समापन कार्यक्रमलाई सम्बोधन गरेका थिए । ऐतिहासिक थारु मौलिक बाजा मादल(मन्ड्रा) प्रशिक्षण पहिलोपटक स्वरलिपी तयार गरि १० दिन सम्म प्रशिक्षण गरिएको थियोे ।

दाङ घोराहीस्थित काबिला रिसोर्टमा आयोजित समापन कार्यक्रम थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर २ का अध्यक्ष अनिल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई प्रशिक्षार्थी तथा कार्यक्रमका सम्योजक कुलबिर चौधरीले सन्चालन गरेका थिए । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रेमनाथ अधिकारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियोे ।