कुलेन्द्र र शान्तिको तिम्रो मनैमा

काठमाडौं । गायक कुलेन्द्र विश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वसन्त विश्वकर्माको शब्द, प्रकाश दुतराजको संगीत रहेको भिडियोका निर्देशक दुर्गा पौडेल हुन् ।

भिडियोमा मोडल उषा सुवेदीको साथमा प्रकाश दुतराज, रविन देवकोटा आदिको अभिनय छ । भिडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।