रानीको ‘आमा’मा गौरी र गीताको ममता

काठमाडौं । मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन नजिकिदै जाँदा गीतसंगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् ।

यसैविच, अमेरिकामा रहेर गीतसंगीतमा सक्रिय रुपमा लागिरहेकी गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ ।

गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा कलाकार गौरी मल्ल, मोडल गीता ढुंगानालाई आमा–छोरीको भूमिकामा देख्न सकिन्छ । साथमा, भिडियोमा विजय राज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ ।

नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् । एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ ।