नयाँ गीतमा गोस्वामी

काठमाडौं । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राज के गोस्वामी आफ्नो नयाँ गीत ‘चाहिँदैन मलाई’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले आफ्नो पृथक शैलीको नयाँ गीतसार्वजनिक गरेका हुन् । गीतमा गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा स्वर दिएका छन् ।

नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यस गीतमा प्रज्वल लामाले संगीत संयोजन गरेका छन् ।

ओस्कार बार एण्ड ग्रिलमा छायांकन गरिएको यो गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् । गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।