आर्यन खानलाई ‘क्लिन चिट’

मुम्बई(एजेन्सी) । लागुऔषध मामलामा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले ‘क्लिन चिट’ पाएका छन् । प्रहरीको चार्जसिटमा आयर्ननको नाम छैन । लागुऔषध मामलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले ६ हजार पृष्ठको चार्जशिट अदालतमा प्रस्तुत गरेको छ । जहाँ १४ जना आरोपीको नाम छन् ।

प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए । ‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थको सेवन गरेका थिए । १४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धारा अनुसार उजुरी दर्ता गरिँदैछ । बाँकी ५ जनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, उनले भनेका छन् ।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठ जना पक्राउ परेका थिए । उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए ।