दिनेश र राधिका ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । नेपाल सरकार, कृिष मन्त्रालयको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको ‘तेश्रो नेसनल शिखर कृषि अवार्ड २०२२’ को ब्राण्ड एम्बेसडरमा अभिनेता दिनेश केसी र लोकदोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् । २०६६ सालदेखि फिल्ममा सक्रिय दिनेशले ‘खतरनाक’, ‘बादशाह’, ‘लाले’, ‘दानव’जस्ता फिल्ममा अभिनय गरेका छन् ।

न्युज नेपाल नामक टेलिभिजन च्यानलमा करिब दुई बर्ष संयोजक पदमा रहि कार्य अनुभब संगालिसकेका केसी हाल नेपाल टेलिभिजनमा आवद्ध छन् । उनी नेपाल टेलिभिजनबाट प्रशारण हुने भौतिक पुर्वाधार विकाससँग सम्बधित एकमात्र टेलिभिजन कार्यक्रम ‘विकास र बहस’को कार्यक्रम संयोजक हुन् ।

लामो समयदेखि नेपाली लोकदोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल लोकगायिका राधीका हमालले क्याम्पस पढ्न आउने जस्ता लोकप्रिय गितहरु गाएर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भइसकेकी छन् ।

नायक के.सी. र लोक गायिका हमाललाई कलाकार, चलचित्र निर्देशक, संचारकर्मी एवं तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ का मुल समारोह समितिका अध्यक्ष शेखर खनालले प्रमाणपत्र र नगद सहित व्राण्ड एम्वेसेडरमा नियुक्त गरेका हुन् । अध्यक्ष खनाल नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘विकास र बहस’का निर्माता र निर्देशक तथा प्रस्तोतासमेत हुन् ।