काठमाडौं । अभिनेता हरिहर अधिकारी र अभिनेत्री निता ढुंगानाले आगामी असार २४ गते विवाह गर्ने भएका छन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले यो मितिमा विवाह गर्न लागेका हुन् ।
उनीहरु निकट स्रोतका अनुसार उनीहरुको विवाहमा बलिउड फिल्म ‘गजनी’का भिलेन प्रदीपसिंह रावतको पनि उपस्थिति हुनेछ । यो जोडी यतिबेला फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारीमा छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् ।
उनीहरुले होटल याक एण्ड यतिमा भव्य रिसेप्सन पार्टी राख्ने तयारी गरिरहेको बताइएको छ ।