मेरो डान्स कपमा सञ्चिता अनुबन्धित

काठमाडौं । अभिनेत्री संचिता लुइटेलले एक चर्चित रियालिटी शोको निर्णायकमा रहेर काम गर्ने भएकी छिन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२’को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । संचिता ‘मेरो डान्स कप यूएसए–४’को निर्णायक बन्ने पक्का भएको हो ।

नयिका संचिता लुइटेलले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

संचितासँग संझौता गरेपछि उत्साहित हुँदै इन्ट्रा फाउन्डेशन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष संजित भण्डारीले चर्चित नायिकालाई शोमा भित्राउन पाउँदा आफूहरु उत्साहित भएको बताए । उनले भने–‘संचिताजी नेपाली फिल्मको लोकप्रिय नायिका हुनुहुन्छ । उहाँको अभिनय र नृत्यले दर्शकको मन जितेको हो । यसैले, उहाँसँग काम गर्न पाउँदा हामीले शोको गरिमा पनि बढ्ने विश्वास गरेका छौं ।’

ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।

‘मेरो डान्स कप यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई र संचिता लुइटेल पक्का भएका छन् । शोको नेपाल छायांकन मंगलबारबाट सुरु गरिएको छ ।