दुई पोस्टरमा द सिक्रेट अफ राधा

काठमाडौं । निर्देशक सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई पोस्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक दुई पोस्टरमा फिल्मका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

फिल्मको रिलिज नजिकिएसँगै फिल्ममा अभिनित सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले दर्शकमाझ कौतुहलत पैदा यसअघि सार्वजनिक कन्टेन्टले गरिसकेको दाबी निर्माण पक्षको छ ।

फिल्ममा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । फिल्ममा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह–निर्माता रहेको फिल्ममा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।