काठमाडौं । चर्चित टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकार ‘राज’को चरित्रबाट स्थापित बनेका कलाकार राज आचार्यले मंगलबार विवाह गरेका छन् । उनले अभिनेत्री तथा मोडल सुनिशा बजगाईंलाई आफ्नो जीवनसंगिनी बनाएका हुन् ।
यो जोडीले मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह गरेका हुन् । राजसँग सुनिशा विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । उनीहरुको विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए ।
हाँस्य कलाकार शंकर आचार्यका छोरा राज हाल चार्ट एकाउण्टेन्ट छन् । सुनिशाले म्यूजिक भिडियोसँगै दुई सफल फिल्म ‘प्रसाद’ र ‘इन्टु मिन्टु लण्डनमा’मा सहायक अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् ।