मोहित र मेलिनाको भटक भटक

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दिपक शर्माको संगीत रहेको गीत सरोजकै ‘ए है माया’ को दोस्रो संस्करण हो ।

गीतमा नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । डान्सिङ फ्लेवरको गीतमा नाजिर र आश्माले आकर्षक प्रस्तुती दिएका छन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन र रेनिस फागोको कलर रहेको छ ।