कृष्ण लीलाको ए मेरो हजुर

काठमाडौं । फिल्म ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत फिल्मको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियोग्राफी रहेको गीत राजधानीको बिश्वज्योति हलमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो ।

भदौ ३ गतेबाट कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प, श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकर आयुष गुरागाई मुख्य भूमिकामा छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् ।

पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको फिल्म शिब ढकालले खिचेका हुन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । लक्ष्मण सुवेदीको लेखन,अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । ‘ए मेरो हजुर’ युट्युब च्यानल डिआर म्युजीक एण्ड क्रिएसन्समार्फत दर्शकमाझ ल्याइएको छ ।