प्रदीपको अभिनयबाट प्रभावित रेणु

काठमाडौं । नाट्य अभिनयमा स्थापित कलाकार रेणु योगी फिल्म ‘प्रकाश’बाट ठुलो पर्दामा डेब्यु गर्दैछिन । उनले डेब्यु फिल्ममै पछिल्लो पुस्ताका स्टार प्रदिप खड्कासँग स्क्रिन सेयर गरेकी छिन ।

भाद्र १० गतेबाट प्रदर्शन हुने फिल्ममा रहेको रेणुको क्यारेक्टर लुक्स पहिलो पल्ट सार्वजनिक भएको छ । आफु र प्रदिप प्रस्तुत पोष्टर सार्वजनिक गर्दै रेनुले प्रदिपको प्रसंसा गरेकी छिन । प्रदिपलाई स्टार भन्दै उनले आफुले ‘प्रकाश’मा सँगै काम गर्दा उनीबाट प्रभावित भएको बताएकी छिन ।

सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै रेणुले प्रदिपले सुरुवातदेखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर आफु प्रभावित भएको उल्लेख गरेकी छिन ।

उनले निर्देशक दिनेश राउत सहित अन्य सहकर्मीहरुको सहयोगले आफुलाई फरक माध्यममा काम गर्दैछु भनेर असहज महशुस नभएको पनि जनाएकी छिन ।
कलाकारिता जीवनमा आफ्ना लागि यो फिल्म ‘माइलस्टोन’ रहने पनि उनले उल्लेख गरेकी छिन ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।