रेनिसलाई सर्वोत्कृष्ट रङ्ग संयोजन अवार्ड

काठमाडौं । लोकप्रिय रङ्ग संयोजक रेनिस फागोले नेसनल बक्स अफिस अवार्डमा सर्वोत्कृष्ट रङ्ग संयोजन विधामा अवार्ड जितेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा फागोले अवार्ड ग्रहण गरे ।

बक्स अफिस म्युजिक भिडियो अवार्ड का प्रमुख अतिथी माननीय सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा विशेष अतिथी गायिका ज्ञानु राणा, संगीतकार शम्भुजित बास्कोटा, निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक तुलसी घिमिरे,निर्देशक दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का थिए ।

बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ मा चलचित्र गीत विधा तर्फ २०७८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘म येस्तो गीत गाउँछु २’ मा समावेस गीत ‘तिम्रो घरको वरिपरि’बाट ‘सर्वोत्कृष्ठ रङ्ग संयोजन अवार्ड’ रेनिसले जितेका हुन् । यो गीतले सर्बोत्कृष्ठ सम्पादक, सिनेमाटोग्राफी र संगीतकारको अवार्ड पनि जितेको छ ।