सिक्वेलमा आउँदै टलकजङ्ग भर्सेस टुल्के

काठमाडौं । फिल्म ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण हुने भएको छ । निर्माता रवीन्द्रसिंह बानियाँले फिल्ममा अभिनय गरेका पुरानै कलाकारलाई लिएर फिल्म निर्माणको तयारी भइरहेको बताए ।

ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त फिल्ममा निश्चल बस्नेतको निर्देशन थियो । फिल्ममा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकारको अभिनय थियो ।

माओवादी सशष्त्र युद्धकालको आसपासमा भएका घटनालाई फिल्ममा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन ।