काठमाडौं । सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण गरिएको फिल्म ‘दोख’ आजबाट रिलिज भएको छ । अनुप बराल निर्देशत यस फिल्मको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको थियो ।
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर फिल्म बनेको हो । राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको सोमबार सेन्सर पास भईसकेको छ ।