प्रचारप्रसार दौडाहामा प्रेमगीत ३

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले प्रमोशनको काम सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी असोज ७ गतेबाट फिल्म रिलिज हुने भएकाले त्यसकै तयारी स्वरुप प्रचारप्रसार गरिएको बताए ।

गत आइतबार गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको छ । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामाग्री राखेर प्रचार गरिने निर्माता तथा निर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ ।

नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो । अनिश्चित कालका लागि सरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुंदै छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिषराउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।

स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।