अलमल मायामा सन्तोष र अनुष्का

चितवन । सञ्चारकर्मी सन्तोष देउजा र उनकी श्रीमती अनुष्का देउजाको अभिनयको ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन्। गीतमा गायिका शान्तिश्री परियार र कृष्ण केसीको स्वर छ ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।

गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् ।गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो।

‘द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शकहरुले सकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।