अस्मिताको तीज गीत

काठमाडौं । गायिका अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीज हामी विशेष मनाउने’को भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक पाश्चात्य शैलीको एरेन्जमेन्टलाई फ्युजन गरेर तयार पारेका हुन् ।

अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोमा उनकै निर्देशन छ । गीतको भिडियोमा उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव विकको अभिनय रहेको छ ।

शिव विकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन गरेको भिडियोका पोस्टको काम ड्रयागन पिक्चर्सले गरेको हो ।