दिवंगत दिलमायाको आफैंले रोजेको घर

काठमाडौं । विवाहपछि माइती र घरको हेला भोगेकी दिलमायाले अन्ततः गत असार ११ गते मृत्युको मुखमा पुगिन् । यतिबेला उनै गायिका दिलमाया सुनारको समेत स्वर रहेको मर्मश्पर्शी तीज गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी एवं गीतकार सबिता पोखरेलले लेखेको गीतमा टिका पुन, राधिका हमाल, गायक अर्जुन सुनाम, राजु परियार, गायिका दिलमाया सुना, गायक झलक संगीतम् र दिपक सुनारले स्वर दिएका छन् । गायिका दिलमायाको सम्भवतः यो नै अन्तिम गीत हो । गीतमा संगीत र संगीत संयोजन झलक संगीतम्को रहेको छ ।

गीतको भिडियोमा नन्दा बस्याल, शितल केसी, बिशाल पहाडी, स्वस्तीका लामिछाने, सुमन बैरागी, मीना लामा र मकर बहादुर बानियाँ, लक्ष्मी भण्डारी र गीतकार सबिता पोखरेल समेतको अभिनय रहेको छ ।

झलक संगीतम्ले निर्देशन रहेकोे भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश परियारले सम्पादनमा तयार भएको भिडियोलाई ‘आलाप स्टुडियो’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको कथावस्तु मध्यम परिवारकी छोरी खान्दानी र कथित् उपल्लो जातको परिवारमा विहे भएपछि पाएको दुःख र पारिवारीक द्वन्वपछि एउटी नारीको संवेदना, भावना कस्तो बन्ला भिडियोमा छर्लङ्ग पारिएको छ ।