कृष्णलिलाद्वारा निःशुल्क पानी वितरण

काठमाडौं । फिल्म ‘कृष्णलीला’ का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् । भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक दीपक ओली,कलाकार रबिन्द्र झा,निर्माता रोहित कट्टेल,निर्माता रत्न श्रेष्ठ लगायतले पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका हुन् ।

साउने सोमबारमा पशुपति क्षेत्रमा दर्शनार्थीको निकै भिड हुने गर्दछ यसै भिडमा फिल्मको प्रचार संगै सामाजिक कार्य गरिएको निर्देशक दिपक ओलीले बताए।

फिल्ममा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ ,रवीन्द्र झा,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाईँ,आयुषा क्षेत्री,पीताम्बर आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको वितरक पनि आरआर फिल्मस नै हो । फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ ।