काठमाडौं । थारु कला, संस्कृति प्रवर्द्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस थारु २०२२ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा सकिएको अडिसनबाट पुरुष र महिला गरि २५ जना छनोट भएका हुन् । गत साउन २१ गते ४ चार जिल्लामा अडिसन भएको थियो भने मंगलबार थप ३ जिल्लामा अडिसन सम्पन्न भएको छ ।
मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरि तीन जना छनोट भएका छन् । छनोट हुनेमा प्रविन कुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी रहेका छन् ।
यस्तै लहान अडिसनबाट पनि तीन जना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी रहेका छन् । त्यसैगरि टिकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् ।
यसैगरि गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी जनाएकोमा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् । त्यस्तै वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीन जना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी ४ जना छनोट भएका छन् ।
त्यसैगरि नेपालगञ्जमा अडिसनमा आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरि ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन यही साउन २८ गते शनिबार काठमाडौँ, बुटवल र दाङमा हुनेछ । यस अडिसन पश्चात छनोट भएकाहरुलाई काठमाडौंमै राखेर प्रशिक्षण दिईने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।