विदेशी मल्टीप्लेक्समा प्रकाशलाई उच्च शो

काठमाडौं । विदेशी मल्टीप्लेक्सहरुले बहुप्रतिक्षित फिल्म‘प्रकाश’को अग्रिम बुकिङ खुल्ला गरेका छन् । भाद्र १० गते विश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो । नोभा सिनेमाले यएईमा मात्रफिल्मका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्र्तगतका बिभिन्न ६ वटा हलहरुमा शुक्रबार देखि बुधबारसम्मको लागि फिल्मको शो सार्वजनिक भएको हो ।

यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले फिल्मका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ । बिभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली फिल्मले बिदेशी फिल्मकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

यस्तै युएइको स्टार सिनेमाले फिल्म ‘प्रकाश’को लागि दुई शो दिएको छ भने आबु दुबईको नेशनल सिनेमाले पनि दुई शो दिएको छ । यता भक्स सिनेमाले शुक्रबार देखि बुधबार सम्म फिल्म प्रकाकालागि शो दिएको छ । भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई–दुई शो उपलब्ध गराएको छ ।

यस्तै ओस्कर सिनेमाले पनि शुक्रबार बाट बुधबार सम्मका लागि फिल्मको शो सार्वजनिक गरेको छ । आबु दुबईमा रहेको ओसकर सिनेमाले फिल्मका लागि दैनिक दुई शो उपलब्ध गराएको हो । निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि चवलचित्र ‘प्रकाश’ रेलुगलर शो मै प्रदर्शन हुनेछ । त्यहाँका वितरकले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार मंगलबार साँझ सम्म फिल्मको शो सार्वजनिक हुनेछ ।

अमेरिकामा पनि आधा दर्जन हलमा फिल्म प्रदर्शन हुनेछ । यता अष्ट्रेलियामा बिभिन्न शोहरु शोल्डआउट भइसकेका छन् । केही समय अघि नै अष्ट्रेलियामा फिल्मको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् ।

सम्भवत बिदेशी मल्टिप्लेक्सहरुमा यति धेरै शो पाएर एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म ‘प्रकाश’ नै हो । फिल्मको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’को चर्को डिमाण्ड छ । दिनेश राउत निर्देशित फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।बिकास सुबेदीको लेखन रहेको फिल्म यतिबेलाको बहुप्रतिक्षित फिल्म हो ।

फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।