कलेज घुम्दै कमेडियन

काठमाडौं । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजनामा ‘अल नेपाल स्टेण्डअप कमेडी टुर कलेज तिर’ हुने भएको छ । भदौ ११ देखि सुरु हुने उक्त टुर बिर्तामोड हुँदै विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल र काठमाडौका विभिन्न कलेजहरुमा हुने टुर संयोजक सरोज लम्सालले बताए ।

टुरमा कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, झापाली कमेडियन सरोज भन्डारी, डोरेस खतिवडा, सुजन जिम्बालगायतका कमेडियनहरुले दर्शक हँसाउनेछन् ।

यसरी कमेडी टुर पहिलो पटक हुन लागेको र यो टुरमा दर्शकहरुको उत्साहजनक सहभागिता हुनेमा आफू ढुक्क रहेको आयोजक मिम नेपालका मनोज सापकोटाले बताए ।

कमेडी च्याम्पियन जिते पछि आफ्नो पहिलो टुर भएको हुनाले आफू पनि निकै उत्साही भएको हिमेस पन्तले बताए ।