ऐना झ्यालको पुतलीको गीत

काठमाडौं । भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिएका छन् ।

रामबाबु सुवेदीका अनुसार यो गीतउनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बालगीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो । रचनाकार रामबाबु सुवेदीले आफूले गीतमाकल्पना गरे जस्तै फिल्मको कथापनिदुरुस्त रहेकाले गीतप्रयोगकालागि अनुमतिदिएको बताए ।

‘मैले फिल्मपनि हेरेँ । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमाअसाध्यै राम्रो राम्रो फिल्म बनेको रहेछ । मैले त ज्यादाभन्दाज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो । अब फिल्ममा आएपछि त्यो झन् धेरै सानानानीबीच पुग्छ,’ उनले भने, ‘यो गीतले पनिशिक्षाको कुरा गर्छ र फिल्मले पनि । हाम्रो उद्देश्यपनिमिल्यो ।’ लेखक तथानिर्देशक सुजित बिडारीले गीतआफूले कलेज पढ्दाको समयमा सुनेको भएपनिगीतले नोस्टाल्जिक बनाएकाले फिल्ममापनियही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए ।

‘यो गीत मैले सानामा सुनेको पनिथिएँहोला तर कलेज पढ्दा ख्याल गरेको थिएँ । यतिबेला सुन्दापनि म नोस्टाल्जिक बनेको थिएँ । अहिले यो फिल्ममागीत राख्ने कारणहाम्रो यही नोस्टाल्जियाफर्काउने होस् । किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो,’ सुजितले भने ।

बुसान, ढाका, फ्रिबर्गलगायतथुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिकशिक्षादिनपनि संघर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिकाकथापनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाशपौडेल, रामकृष्ण पोखरेल,प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।

केही दिनअघि विश्वव्योतिमलमाभएको स्पेसल स्क्रिनिङमा फिल्म हेर्नेले फिल्मलाई असाध्यै राम्रो फिल्म बनेको प्रतिक्रियादिएकाथिए । आफ्नै बाल्यकाल दुरुस्त प्रस्तुत गरेको अधिकांशको सामूहिकप्रतिक्रियाथियो । फिल्ममासिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ । फिल्ममाकञ्चनचिमरिया, दिनेशखत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन् ।