काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एवम् संगीतकार केशव दाहालको नयाँ गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द र सुवास चामलिङको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।
अभिनेता पुष्प खड्का र बिना राउत अभिनित भिडियोमा प्रहिल कार्कीको निर्देशन छ । भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।