धम्पुसमा समुन्द्रको गुलावी

काठमाडौं । फिल्म ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको फिल्मको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ ।

भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा संचिता लुईँटेल,नाजीर हुसेन,सुशील सिटौला,बिशाल पहाडी,अनुपम श्रेष्ठ (हट्टी नट्टी,सुक्मित तामाङ (घिसिङ),राजा घोषलगायतका कलाकारले अभिनय गर्दैछन् । आलोक शुक्लाको छायांकन,रामकुमार श्रेष्ठ र नाजीरको पटकथा,सम्वाद रहेको फिल्मको निर्माण नियन्त्रण प्रमुख पुष्कर लामा र निर्माण नियन्त्रक यम ओली छन् ।

क्यानडामा फिल्म निर्देशनसम्बन्धी बिशेष अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेमकथानक फिल्म ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् । ‘गुलावी’ उनको दोश्रो फिल्म हो । समाजीक कथालाई पर्दामा उतार्न लागेकी भट्टले ‘गुलावी’ फिल्म मात्र नभइ ट्रान्सजेन्डरको वास्तवीक आवाज समेत हुने दावी गरेकी छिन् ।

झण्डै दुई साता धम्पुस र पोखराको छायांकन गरिने र बाँकी दृश्य काठमाडौ आसपासमा खिच्ने सेड्युल रहेको ‘गुलावी’ आगामी फागुनमा दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।