टंकको चौरीको चाम्रो छुर्पी २

काठमाडौं । दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौरीको चाम्रो छुर्पी’ को दोस्रो भाग सार्वजनिक भएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर छ ।

शुक्रबार काठमाडौँमा प्रमुख अतिथि पुर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गीतको बिमोचन गरे । उनले गीतकार एल.पी साँवा लिम्बुले लेखेको शब्दले मन छोएको भन्दै एल.पीको गीत लेख्ने कला आफूलाई यसअघि थाहा नभएको भन्दै तारिफ गरे ।

गीतका गीतकार तथा झापा क्षेत्र नं ४ का संघिय सांसद एल.पी साँवा लिम्बुले गीत लेखनको समयलाई संमरण गरे । उनले आफूलाई पहिल्यै देखि कविता लेखनमा रुचि रहेको तर गीत पहिलो पटक लेखेको बताए ।

गीतका गायक तथा संगीतकार टंक बुढाथोकीले गीत बनाउनका लागी गीतकार एल.पी सावा लिम्बुको ठुलो हात रहेको भन्दै अन्य सहयोगी हातहरुलाई पनि धन्यवाद ब्यक्त गरे । साथै बाल गायक अशोक दर्जीको उमेर बढ्दै गएकाले स्वरमा परिवर्तन भएकाले गीत रेकर्डको समयमा केहि समस्या आएको पनि संमरण गरे ।

गीतमा टंक, अशोक र एआरलाई बिक्रम थापाले साथ दिएका छन् । गीतको भिडियोमा टंक, अशोक र एआरलाई नै देख्न सकिन्छ । भिडियोलाई कबिराज गहतराजले कोरियोग्राफि तथा निर्देशन गरेका हुन् भने सुदिप बरालको सिनेमाटोग्राफर र सन्देश शाहको सम्पादन रहेको छ ।