मुस्ताङबाट अन्तिम संस्कार सुरु

काठमाडौँ। फिल्म ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङबाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो।

सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको पिःल्म युनिट मुस्ताङ पुगेका छन् । फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन गरिने निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए। फिल्मको निर्माता विनोद सुवेदी हुन् भने निर्देशन प्रदीप शाहीले गर्नेछन् । प्रेम खड्का र वोधराज पौडेलले मुस्ताङको छायांकनको व्यवस्थापन गर्दैछन् ।

झन्डै डेढ करोड लागत रहेको फिल्ममा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ। फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन्। निर्देशक शाहीले यसअघि फिल्म ‘गोर्खा–बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।