नारायणको नघोच यो छाती

काठमाडौं । युवा गायक नारायण थापाको स्वरमा सजिएको गीत ‘नघोच यो छाती’ को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत, चाँद सिंहको संगीत संयोजन, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा आमेश भण्डारी, कमल सिंह र प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोमा उत्तम हुमगाईंको छायांकन, जीवन शाहीको निर्देशन र दिन्सन शाहको सम्पादन छ ।

भिडियो आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।