लिम्बु भाषामा आखेन नुमा तरेमे

काठमाडौं । लिम्बु भाषाको म्युजिक भिडियो ‘आखेन नुमा तरेमे’ रिलिज भएको छ । आन्छुमे नसानको शब्द, जेपी नेम्बाङको संगीत, जेपी नेम्वाङ् र पुष्पा लिम्बुको स्वर रहेको गीतको छायांकन अमेरिकामा गरिएको हो ।

प्रेमकथामा आधारित यो म्युजिक भिडियोमा कलाकारहरु सुमन थाम्सुहांङ् र सम्झना लावुङ्को मुख्य भुमिका रहेको छ भने साथमा विजेता लिम्बु विनर र सम्राट कार्की रहेका छन् ।

भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन प्रविण ढकालले गरेका हुन् किशोर सुबबाको निर्देशन रहेको छ । ब्याकग्राउन्ड मिक्सिङ मनि तामलिंङले गरेको यो म्युजिक भिडियोलाई जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कले निर्माण गरेको हो भने हेल्लो अमेरिका टिमको प्रस्तुति रहेको छ ।

साथै अर्को लिम्बु भाषाको म्युजिक भिडियो ‘सफादिक फेरेना..’ पनि हालै अमेरिकाको टेक्सास डालस वरिपरि छायांकन सम्पन्न गरि सार्वजनिक हुने क्रममा रहेको निर्देशक सुब्बाले जानकारी गराउनु भएको छ । हेल्लो अमेरिका टिमबाट अहिले ‘हेल्लो अमेरिका’, ‘आजको विशेष’, ‘घुयोत्रो’,‘चनमती’ लगायतका कार्यक्रम निर्माण र प्रसारण गर्दै आईरहेका छन् ।