क्लबमा लोकल खोज्दै दीलिप रायमाझी

काठमाडौं । अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन्। हाँस्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोइरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन्। लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन्।

राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ। मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ गतिविधीलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

शिव विकको निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी रहेको छ। सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंग संयोजन गरेका छन्।