काठमाडौं । प्रदिप शाहीको निर्देशनमा बनिरहेको फिल्म ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘अन्तिम संस्कार’को केहि दिन अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो ।
सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको फिल्म युनिट मुस्ताङ पुगेका थिए । फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर काठमाडौं फर्किएको छ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्म ‘अन्तिम संस्कार’को छायांकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । फिल्मको निर्माता विनोद सुवेदी हुन् । झन्डै डेढ करोड लागत रहेको सो फिल्ममा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, बिशाल पहारी, एवन राज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ ।
फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।